logo

कसैलाई दोष लगाउनु भन्दा पहिला प्रमाण चाहिन्छ : प्रधानन्यायाधीश पराजुली

gopal-parajuli

काठमाडौँ। प्रधानन्यायाधीश गोपाल पराजुलीले कसैको चरित्र हत्या गर्नका लागि विशृंखल र निकृष्ट शब्दको चयन गरेर स्थापित भएकाहरु पनि छिट्टै विस्थापित हुने वताएका छन्  ।

 प्रा डा युवराज संग्रौलाद्वारा प्रकाशित पुस्तक ‘क्रिमिनल जस्टिस सिस्टम’को सार्वजनिक गर्दै प्रधानन्यायाधीश पराजुलीले  न्यायको मूल्य र मान्यता जोगाउनका लागि आफूले हरदम प्रयास गरिरहेको उल्लेख गरे  । 'कसैलाई दोष लगाउनुभन्दा पहिला दशी, प्रमाण र आधार खोज्नुपर्छ, बिना प्रमाणका आधारमा आरोप लगाउनु उपयुक्त हुदैन् - प्रधानन्यायाधीश पराजुलीले वताए ।

 अधिवक्ता डा भीमार्जुन आयार्यले अहिले नेपालको न्यायायलयमाथि जुन प्रकारले आक्रमण गरिएको छ, यसले कसैलाई जितको अनुभूति नदिने धारणा राखे  ।  पूर्वमहान्यायाधिवक्ता प्रा डा संग्रौलाद्वारा प्रकाशित उक्त पुस्तक नेपालमा फौजदारी न्यायमा देखिएका समस्या र त्यसको समाधानमा केन्द्रित छ ।

Comments

Top