logo

फेल भएकाबाट रकम असुलेर ट्रायल पास गराइदिने यातायातका कर्मचारी सर्वेन्द्र खनालको फन्दामा

ghus

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले  १० हजार घुससहित यातायात कार्यालयका खरिदार यामबहादुर केसीलाई पक्राउ गरेको छ । महाशाखाले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा ट्रायलका लागि खटिएका खरिदार केसीलाई घुससहित नेशनल ट्रेडिङ लिमिटेडस्थित  बग्गीखानाबाट पक्राउ गरको हो ।

 महाशाखाका प्रमुख डिअाईजी सर्वेन्द्र खनालले खरिदार केसीले भक्तपुरका सुनिल गोर्खालीलाई सवारी अनुमतिपत्र उपलब्ध गराउने भन्दै घुस लिई दुईपटक ट्रायल दिन लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । गोर्खालीले हेवी सवारी साधनको लाइसेन्स लिनका लागि केसीलाई १० हजार बुझाएका थिए ।

 केसीले फेल भएकालाई पनि पैसा लिएर ट्रायल पास गराउँदै आएको पनि खुलेको छ । महाशाखाले अन्य दलालको पनि खोजी गरिरहेको छ।

 

Comments

Top