logo

सैनिक मुख्यालयमा सुरक्षा वस्तुस्थितिको विश्लेषण

nepalisenaa

काठमाडौँ। देशको सुरक्षा स्थितिको समीक्षा, सुरक्षा व्यवस्थालाई थप सुदृढ तुल्याउन अपनाउनुपर्ने रणनीतिलगायत विषयमा छलफल गर्न नेपाली सेनाको मुख्यालयमा आज पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । नेपाली सेनाको नीतिनिर्माणमा ठोस योगदान पु-याउन थप सहयोग प्राप्तिमा बैठक केन्द्रित थियो ।

 बैठकमा नेपाली सेनाका विभागीय प्रमुखले सुरक्षा वस्तुस्थितिको विश्लेषण र समीक्षा प्रस्तुत गरेका थिए । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पेशागत दक्षतालाई थप अभिवृद्धि गर्न तालिम तथा बन्दोबस्तीमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएका थिए ।

 बैठकमा रक्षासचिव विनोद केसी, बलाध्यक्ष रथी, सबै पृतनापतिलगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा काठमाडौँ उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिको उपस्थिति थियो । 

Comments

Top