ओलीले किन बहिश्कार गरे जनयुद्ध दिवसका कार्यक्रम ?

maiost

काठमाडौं। माओवादी केन्द्रले आयोजना गरेको २३ औँ जनयुद्ध दिवसका कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बहिश्कार गरेका छन् । 

वाइसिएलले ओलीलाई निमन्त्रण गरे पनि सहभागी नहुँने जानकारी ओलीले गराएका छन्। ओलीले सहभागिता नजनाएपछि उपाध्यक्ष बामदेव गौतमले कार्यक्रममा सहभागिता जनाउँने छन्। पार्टी एकीकरण प्रक्रियामा रहेको बेला दुबै पार्टीका अध्यक्षलाई एकै मञ्चमा राख्ने योजना अनुसार वाइसिएलले विशेष अथितिका रुपमा ओलीलाई कार्यक्रमको निम्तो दिएको थियो।तर, ओलीले बहिश्कार गरेपछि माओवादी र एमालेबीचको पार्टी एकतामा असर पर्ने देखिन्छ।

Comments

Top