logo

सोनमले सोनाक्षीसँग माफि मागेपछि

काठमाडौं । चलचित्र ‘प्याडम्यान’ को कारण चर्चामा रहेकी बलिउड नायिका सोनम कपुरले नायिका सोनाक्षी सिन्हासँग माफी मागेकी छन् । कपुरले ट्वीट गर्दै नायिका सिन्हासँग माफी मागेकी हुन् । सोनमले ट्वीटमा सोनाक्षीलाई ‘कहिले एटिच्युड देखाएँ, याद छैन तर तपाईंलाई त्यस्तो लाग्छ भने मलाई माफ गरिदिनुहोस्’ भनेर लेखेकी छन् ।

खासमा सोनमले सोनाक्षीको अन्तर्वार्तापछि माफी मागेकी हुन् । हालै नायिका नेहा धुपियाको टक सोमा फेसन डिजाइनर मनिष मल्होत्राको साथ पुगेकी सोनाक्षीलाई नेहाले ‘कहिले कुनै बलिउड स्टारले अनावश्यक रूपमा एटिच्युड देखाएको छ ?’ भनी सोधेकी थिइन् । जवाफमा सोनाक्षीले ‘सोनमले एकपटक एटिच्युड देखाएको र त्यो अनावश्यक लागेको’ बताएकी थिइन् । य

ही विषयलाई लिएर सोनामले सोनाक्षीसँग ट्वीटरमा माफी मागेकी हुन् । सोनमले ट्वीटरमा ‘सोनाक्षी, म सर्वदा तिमीसित नरम छु । कहिले एटिच्यूड देखाएँ याद छैन, तर तिमीलाई त्यस्तो लाग्छ भने मलाई माफ गरिदेऊ’ भनेर लेखेकी छन् ।

सोनमको यो ट्वीटमा सोनाक्षीले समेत प्रतिक्रिया दिएकी छन् । सोनाक्षीले यो कुरालाई गम्भीरताका साथ नलिन अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘यो सबै एउटा शो को हिस्सा हो । हामी सबै यस्तो सोको अंश बनेका छौँ, जहाँ हामीलाई यस्तो बोल्न लगाइन्छ । त्यसैले यी कुराहरूलाई गम्भिरताका साथ नलिऊ ।’

Comments

Top