ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने प्रचण्डको दाबी, पद बाँडफाँडमा चाडै नै सहमति

prachanda

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकताको विषय बुधबारसम्ममा टुङ्गो लाग्ने दाबी गरेका छन् ।

प्रचण्डले पद बाँडफाँडका विषयमा पनि भोलिसम्ममा टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । भरतपुर महानगरपालिका–९ स्थित शरदपुर माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने पनि दाबी गरे ।

देशको विकासका लागि तीन ठूला दलबीच आपसी समझदारीको खाँचो रहेको बताउँदै उनले तीन दलबीच समझदारी बनाउने काम भइरहेको उल्लेख गरे ।

Comments

Top