राज्यलाई ६५ अर्ब लुटेको भन्दै एनसेलका टावरमाथि विप्लवको हमला, ठुलो क्षतिको अनुमान

ncellbiplabकाठमाडौं । राज्यलाई ६५ अर्ब लाभकर तिर्न अनेक षड्यन्त्र रच्दै आएको  मोवाइल सेवा प्रदायक कम्पनी एनसेललाई कर तिराउन खबरदारी गर्न हो वा बार्गेनिङका लागि हो?

 नेपाल कम्युनिस्ट पार्टीले देशैभरका टावरमाथि तोडफोड गरेको छ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जनयुद्दको  शैलीमा देशमा विभिन्न ठाउँमा आक्रमण गरेका हुन । एनसेलले जनतासँग पैसा उठाएर राज्यलाई तिर्नुपर्ने कर नतिरेर राज्य र जनतालाई ठगी गर्ने र ढाँटने गरेको भन्दै कारवाही कारबाही सुरु गरेको नेपाल कम्युनिस्ट पार्टीको दाबी छ ।

 नेकपाले राज्यलाई तिर्न पर्ने ६५ अर्ब राजस्व बुझाउन पटक पटक  आग्रह गर्दा पनि अस्वीकार गर्दै आएको भन्दै एनसेलका देशैभरका टावरमाथि एकैसाँथ तोडफोड तथा आगजनी गरेको छ  । नेकपाले काठमाण्डौका दक्षिणकाली , जोरपाटी र जोहर्सिंहपौवा , भक्तपुरमा एक , सुर्खेत , बाँके र कैलालीमा दुई दुइ वटा ओटा टावरमाथि आक्रमण गरेको छ ।

  नेपाल कम्युनिस्ट पार्टीले ईटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको एनसेल टावरमा आक्रमण गरेर ध्वस्त पारेको छ । त्यस्तै, धनकुटा नगरपालिका वडानम्बर ११ थुम्किडाडा स्थित रहेको एनसेल टावरमा पनि आक्रमण भएको छ भने सोलुखुम्बु , धनुषा , चितवन ,नुवाकोट, धादिङ्ग , ताप्लेजुङ्गलगायत देशैभरिका एनसेल कम्पनीका टावरमाथि तोडफोड तथा आगजनी भएको छ । आक्रमणबारे बिस्तृत क्षतिका बारेमा एनसेलले कुनै विवरण दिएको छैन छैन । 

Comments

Top