प्रदेश सुरक्षाको कमान्ड कसको हातमा ? एआईजीहरू अघि सरे

grihaकाठमाडौं। प्रदेश सरकारको गृह प्रशासनको नेतृत्व प्रथम श्रेणीको सहसचिवको नेतृत्वमा हुने र सहसचिवले विशिष्ट श्रेणीको एआईजीलाई निर्देशन दिन व्यावहारिक कठिनाइ हुने भएपछि माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एआईजीहरूलाई फाजिलमा राख्ने निर्णय गरेको गर्‍यो  ।

 तर, अहिले पनि प्रदेश प्रहरीको सरंचना एआईजीकै नेतृत्वमा छ । यस्तो अभ्यासले कैयौं प्रदेशका आन्तरिक मामिलाका सचिवले आफूभन्दा एक तहमाथि अर्थात् विशिष्ट श्रेणीको एआईजीलाई निर्देशन दिने तथा बैठकमा डाक्ने काम हुन सकेको छैन । एक प्रदेशका आन्तरिक मामिला सचिवले सुरक्षासम्बन्धी संवेदनशील विषयमा कुरा गर्न प्रदेशका एआईजीसँग छलफल गर्नुपर्ने, तर विद्यमान प्रोटोकलका कारण एआईजीसँग औपचारिक कुराकानी हुन नसकेको बताए ।

एआईजीलाई व्यवस्थापन गर्नकै निम्ति केन्द्र सरकारको गृह संरचनाभन्दा विपरीत हुने गरी ऐन संशोधन गर्न गृह मन्त्रालयमा तीव्र दबाब परेको छ । आन्तरिक मामिलामन्त्रीको प्रदेश सुरक्षा समितिमा कुनै भूमिका नहुने र समितिको बैठक प्रदेश प्रमुख सचिवको नेतृत्वमा राख्ने गरी नीतिगत व्यवस्था गर्ने विकल्प एआईजीहरूले अघि सारेका छन् । (कान्तिपुर )

Comments

Top