बार्सिलोनाको अपराजित यात्रा कायमै, एइबर पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एइबरलाई पराजित गरेको छ । १० खेलाडीमा सीमित एइबरलाई गएराति बार्साले २–० ले पराजित गरेको हो । बार्साको जितमा लुइस स्वारेज र जोर्डी अल्बाले गोल गरे ।

मेस्सीको सहयोगमा स्वारेजले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि अर्को गोल गर्न बार्सालाई ८८ मिनेटसम्म संघर्ष गर्नुपर्‍यो । ६६ औं फाबियान ओरियाना रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एइबर १० खेलाडीमा सीमित भएको फाइदा बार्साले उठायो र ८८ औं मिनेटमा अल्बाले अर्को एक गोल थपेका थिए ।

यो जितपछि बार्साले २४ खेलबाट ६२ अंकसहित पहिलो स्थानमा छ । २३ खेल खेलेको एथ्लेटिको मड्रिड ५२ अंकसहित दोस्रो स्थानमा छ ।

शनिबार राति नै भएका अरु खेलमा भ्यालेसिन्याले मालागालाई र सेभिल्लाले लास पालमसलाई समान २–१ गोल अन्तरले हराएका छन् ।

 

 

Comments

Top