प्रधानमन्त्री ओली बालुवाटार सर्दै

काठमाडौं । विहिबार प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली आइतबार सरकारी निवास बालुवाटार सर्ने भएका छन् । अपराहृन ४ बजे बालुवाटार जाने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नैबालुवाटार छाडिसकेका छन् ।

Comments

Top