नेपाली क्रिकेटरलाई जनही चार लाख

काठमाडौं । विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुले जनही चार÷चार लाख पाउने भएका छन् । सरकारले ३÷३ लाख रुपैयाँ दिने घोषणा गरेसँगै मदन भण्डारी स्पोट्र्स एकेडेमीले पनि एक÷एक लाख रुपैयाँ थप्ने भएको हो ।

क्रिकेट टोलीको सम्मानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी र प्रशिक्षकलाई ३÷३ लाख दिने घोषणा गरेका हुन् । नामिवियामा भर्खरै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै नेपाल विश्वकप छनोटमा पर्न सफल भएको थियो।

Comments

Top