नेपाली कामदारप्रति सरकारको वेवास्तापन, ७ महिनादेखि २३ जना नेपाली कामदार साउदीमा अलपत्र

काठमाडौं । रेमिट्यान्सले चलेको हाम्रो देशको सरकार रेमिट्यान्स भित्र्याउनेहरुलाई नै वास्ता गर्दैन । गरिव नेपाली जनताका छोरा छोरीले खाडी मुलुकको ५० डिग्री भन्दा बढि चर्को घाममा श्रमसँग रगत र पसिना साटिरहेका छन् । तिनै युवाहरुले पठाएको रकमबाट देश चलेको छ । सरकारले वजेट प्रस्तुत गर्दा रेमिट्यान्सको नाम लिन्छ ।

नत्र अरुबेला भने खासै वास्ता गरेको देखिदैन । पछिल्लो पटक साउदीअरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना नेपाली कामदारले ७ महिनादेखि काम र तलव पाएका छैनन् । तर, नेपाल सरकारले भने कुनै चासो र चिन्ता देखएको छैन । बजेट भाषण गर्दा मात्र ति कामदारलाई सम्झिने सरकारको नीति नै खराव रहेको पीडित कामदाहरुको गुनासो छ ।

प्रिंस इन्टरनेशनल इपलोइमेन्ट सर्भिसबाट श्रम स्वीकृति लिएर साउदी गएका उनीहरु समस्यामा परेका हुन् । विगत सात महिनादेखि तलव नपाएर अलपत्र पर्नेहरुमा सिराहाका रामजतन कामती, युधिर कामती, राम कुमार उराव, देब कुमार उराव, परमेश्वर उराव, प्रभात कुमार उराव, सन्जू उराव, रंजीत उराव, संजय कुमार उराव, नबीन कुमार उराव, सगमलाल उराव र मुनेश्वर उराव रहेका छन् ।

त्यस्तै भोक्राहा–४ सुनसरीका हेमन्ता उराव, पबन उराव, रामलाल उराव, रंजीत उराव, कालो उराव, संदेब उराव, पुष्पलाल उराव, अशोककुमार उराव, दुहबी–८ सुनसरीका सीताराम उराव, उमेश उराव र रंगेली–२ मोरङका बोवालाल उराव रहेका छन् ।

पीडितले उद्धारको लागि नेपाली दूतावासलाई जानकारी दिइसकेका छन् । साउदीको श्रम बिभागमा पुग्दा पनि गुनासो सम्बोधन नभएको उनीहरुले वताए । पीडितले पठाउने म्यानपावरबाट उद्धार र कम्पनीसँग समन्वय हुन नसकेको वताएका छन् । यसरी गम्भिर समस्यामा परेका उनीहरुलाई केही नेपालीहरुले नै सहयोग गरेको भए पनि सरकारले भने वास्ता नगरेको उनीहरुको गुनासो छ ।

Comments

Top