समिरमानलाई जोगाएर मनोजलाई इन्काउन्टर गर्दा यसरी चुक्यो प्रहरी , आयोगले थाल्यो अनुसन्धान

samirmanoj

काठमाडौं। केन्द्रिय अनुसन्धान व्युरो(सिअाईबी) र रुपन्देही प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुन र सोमबहादुर आलेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।

 घटनाको सत्यतथ्यका लागि बुटवलमा रहेको मानव अधिकारको कार्यालयलाई सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा दिएसँगै काम सुरु भएको आयोगले जनाएको छ । पुन र आलेको इन्काउन्टर प्रकरणको अनुसन्धानका लागि आयोगले शाखाका अधिकृत चन्द्रकान्त चापागाइँलाई अनुसन्धानमा खटाएको छ ।

 प्रहरीका अनुसार बुधवार बिहान भिडन्तका क्रममा गुण्डा नाइके मनोजको शरीरमा १२ गोली लागेको थियो भने मनोज र आलेबाट एक राउन्ड मात्र फायर हुँदा मोटरसाइकलमा लागेको थियो । मनोज र आलेले एक राउन्ड गोली चलाउँदा जवाफी क्रममा १२ राउन्ड प्रहरीको तर्फबाट गोली ठोकेबाट नै आयोगलाई यो 'फेक इन्काउन्टर' रहेको पुश्टि हुने सबैभन्दा ठुलो आधार देखिन्छ । प्रहरीले यो घटनामा अभियुक्तलाई नियन्त्रणमा लिन भन्दा पनि आक्रोशित रुपमा मार्ने नियतले गोली चलाएको प्रस्ट देखिन्छ।

 केही दिन अघी मनोज पुनलाई सिअाईबीका सई रमेश बजगाइँसहितको टिमले भारतबाट पक्राउ गरी नेपाल ल्याएको समाचार बाहिर आएको थियो । मनोजलाई भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालाबाट त्यहाँको प्रहरीको समन्वयमा नेपाल ल्याइएको स्रोत वताउँछ । बजगाई उनै सई हुन जसले मनोज पुनका पार्टनर गुण्डा नाइके एबम शरद गौचन हत्याका मुख्य नाइके समिरमानसिह बस्नेतलाई पनि भारतको गोवाबाट पक्राउ गरी नेपाल ल्याएका थिए ।

 गौचन हत्याका मुख्य योजनाकार समिर र मनोजलाई सई बजगाइँकै टिमले भारतबाटै पक्राउ गरी ल्याएको भए पनि समिरलाई जोगाएर मनोजलाई मात्र इन्काउन्टर गरिएपछी प्रहरीको नियतमा खोट लागेको प्रस्ट देखिन्छ । समिर नाताले 'इन्काउन्टर स्पेसलिस्ट' डिएसपी कुमोद ढुंगेलका भाई हुन । डिएसपी कुमोद मनोजको इन्काउन्टरका बेला रुपन्देहीको देवदहमै हुनु र मनोजमाथि इन्काउन्टर हुनुलाई संयोग मात्र मान्न सकिन्न । डिएसपी ढुंगेलको तीन बर्ष अघी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ घैटेसँग पनि दोस्ती थियो भने घैटे र समिर मित पनि हुन । घैटे मारिएपछी समिर भागेर भारतका विभिन्न स्थानमा लुक्दै अाइरहेका थिए ।

 त्यसक्रममा समिर र मनोजको चिनजान भएको थियो। ढुंगेलकै सेटिङमा बस्नेतलाई इन्काउन्टरबाट जोगाएर सिआइबीको टोलीले अचानक सार्वजनिक गरेपछि गौचन हत्याको अनुसन्धानका लागि बनेको छानविन समिती नै चकित परेको थियो । प्रहरीले सुरु देखि नै बस्नेत र पुन एउटै समूहमा रहेर असुली देखि हत्यासम्मका घटनामा संलग्न रहेको दावी गर्दै आएको छ । फिरौती असुलीका लागि बस्नेत र पुनले प्रयोग गर्ने व्यक्तिहरु एउटै थिए ।

 ति मध्ये अधिकांश पक्राउ परेपनि लोप्साङ राई, सुटर अम्वर वहादुर राना,गंगा लिङदेन र रोशन बुढाथोकी भने अझै फरार छन् । जेल भित्र रहेका बस्नेतको निर्देशनमा उनीहरु अझै पनि असुलिमा सक्रिय रहेको बुझाई प्रहरीको छ । बस्नेतले काठमाडौंलाई आधार क्षेत्र बनाई निर्माण व्यवसायी र व्यापारीलाई धम्क्याएर करोडौं असुल्दै आइरहेका थिए भने पुनले बुटवल, भैरहवालगायत पश्चिमी क्षेत्रलाई आधार बनाई असुली धन्दा चलाउँदै आएका थिए ।

 गुण्डा नाइके दावा लामामाथिको गोली काण्ड पश्चात दुबै समूहमा आवद्ध राईले घटनाको जिम्मेवारी लिएका थिए । सिआईवीले पक्राउ गरेका बस्नेतले प्रहरीसँगको बयानमा दावा लामामाथिको गोली प्रहार र गौचन हत्या आफ्नै निर्देशनमा भएको दावी गरेका थिए । जसको अडियो रेकर्ड पनि सिआईवीले सार्वजनिक गरेको थियो ।

 अहिले गौचन हत्यामा मृत्यु भइसकेका मनोजलाई मुख्य अभियुक्त बनाई बस्नेतलाई सहयोगी बनाएर जोगाउन खोजिएको त होइन ? भन्ने गम्भिर प्रश्न उठेको छ । मनोजले को- को सँग फिरौती असुलेका थिए र कति रकम अबैध रुपमा आर्जन गरेका थिए भन्ने बारेमा प्रहरीले केही पनि खुलाउन सकेको छैन ।

Comments

Top