जेनिफरको यो कस्तो रिस ?

काठमाडौं । जेनिफर लरेन्स यस्ती अभिनेत्री हुन्, जसको ड्रेसअपको प्रायः जहिल्यै चर्चा हुने गर्छ । यस पटक उनले लगाएको ड्रेसअपको आलोचना भयो । तर, उनले आफ्नो इच्छा अनुसारको डे«सअफ लगाएको भन्दै नकारात्मक टिप्पणी गर्नेहरुप्रति रिस व्यक्ति गरेकी छन् । ओस्कार विजेता अभिनेत्री लरेन्सले हालै एउटा इभेन्टको फोटो सुट गरेकी थिइन् ।

रिलिजका क्रममा रहेको ‘रेड स्प्यारो’ प्रोमोसनका लागि दुई दिनअघि फिल्म युनिटसँगै लन्डन पुगेकी जेनिफरले भर्सेस गाउन र स्यान्डल लगाएकी छन्। यति बेला अत्यधिक जाडो भएको लन्डनमा गरिएको यो फोटो सुटमा जेनिफरको पहिरनलाई लिएर सोसल मिडियामा नकारात्मक टिप्पणी लेखिएपछि उनले आफ्नो फेसबुक पेजमार्फत ‘कस्तो लुगा लगाउने भन्ने निर्णय केवल आफ्नो रहेको’ बताएकी छन्।

‘यो केवल हाँस्ने कुरा हैन, यस्तो प्रतिक्रियाले मेरो चित्त निकै दुखाएको छ,’ उनले लेखेकी छन्, ‘त्यो भर्सेस ड्रेस सानदार थियो। तपाईंलाई लाग्छ, म त्यो सुन्दर ड्रेसलाई कोट र स्कार्फले छोपूँरु म पाँच मिनेटको लागि मात्रै बाहिर थिएँ। म यो ड्रेसको लागि हिउँमा उभिएकी छु किनकि मलाई फेसन मन पर्छ र यो मेरो इच्छा हो।’

Comments

Top