श्रीदेवीको मृत्यु कोठामा रहेको बाथ टबमा डुबेर

shreedevi

नयाँ दिल्ली। बलिउड स्टार श्रीदेवीको मृत्युबारे नयाँ तथ्य बाहिर आएको छ। दुबई पुलिसका अनुसार पोस्टमार्टम रिपोर्टले श्रीदेवीको मृत्यु होटलको कोठामा रहेको बाथ टबमा डुबेर भएको हो ।

एउटा विवाह समारोहमा सहभागी हुन स९परिवार दुबई गएका बेला शनिवार उनको मृत्यु भएको थियो । यसअघि उनको मृत्यु हृदयघातबाट भएको समाचार आएको थियो ।

पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्।

पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्। यसअघि उनको मृत्यु हृदयघातबाट भएको समाचार आएको थियो ।

Comments

Top