नेपालले सिंगापुरलाई दियो १८४ रनको लक्ष्य

थाइल्याण्ड । एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ३५ ओभरमा ६ विकेटको नोक्सानीमा १८३ रन बनाएको छ । नेपालका लागि कप्तान विशाल विक्रम केसीले १ छक्का र ४ चौकाको मद्धतले ७९ बलमा ६३ रन बनाए । त्यसैगरी आक्रामक खेलेका नारायण जोशीले २३ बलमा नटआउट रहँदै १ छक्का र ५ चौकाको मद्धतले ४६ रन बनाए । सुवास ऐयर २२, तिर्तराज दास १ रन बनाएर आउट भए । नेपालले चिरपरिचित प्रतिद्वन्द्वी मलेसियालाई ७२ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । सिंगापुरले हङकङलाई ८ विकेटले हराउँदै नेपालविरुद्धको उपाधि भेट पक्का गरेको हो ।

Comments

Top