अमेरिका छिर्न अर्चना पनेरुको नयाँ धन्दा

archanapaneru_1

काठमाडौं । राजधानीमा रात्रिकालीन व्यवसाय गर्दै आएकी अर्चना पनेरुले विदेशी नागरिकसँग विवाह गरेर घरजम गर्ने तयारी थालेकी छिन् । सामाजिक सञ्जालमा विदेशी नागरिकसँग विवाह गरेको तस्बिर शेयर गरेर अर्चनाले त्यो संकेत गरेकी हुन् । अमेरिकाको क्यालिफोर्निया निवासी उल्फ प्राइससँग अर्चनाले विवाह गरेकी हुन् ।

 बेलाबेला प्रहरीले पक्राउ गरेर अर्चनालाई कारबाही समेत गरिसकेको छ । प्रहरी प्रशासनको नजरमा अर्चनाको छवि राम्रो छैन । स्रोतका अनुसार उनै अमेरिकी नागरिक उल्फ प्राइसको डिपेण्डेट भिसाामा अमेरिका प्रवेश गर्नका लागि अर्चनाले विवाहको नाटक गरेकी हुन् । ‘पोर्नस्टार बन्छु भनेर नाङ्गाबुङ्गा तस्बिर खिचाइन् । विभिन्न अश्लील कार्य गरेको भनेर प्रहरीको हिरासतमा परिन् । उनको गतिविधी ठीक छैन’, अर्चना निकटकी एक साथीले भनिन्, ‘अमेरिका छिर्नका लागि फर्जी कागजात बनाउने क्रममा उल्फ प्राइससँग विवाह भएको भनेर मैले सनेकी छु ।’

 स्रोतका अनुसार अर्चना केही समयपछि अमेरिका उड्ने तयारीमा लागेकी छिन् । त्यसका लागि उनले विभिन्न प्रक्रिया पूरा गर्न थालिसकेकी छिन् । अर्चनाकी आमा सुनिता पनेरुले पनि तस्बिरमा कमेन्ट गर्दै ‘प्रफेक्ट कपल’ भनेकी छिन् । अर्चना र अमेरिकन नागरिकको तस्बिरमा आएका कमेन्टमा फण्डाको रुपमा रहेको बताएका छन् ।

 अर्चनाका पति उल्फको फेसबुक प्रोफाइलमा भने अर्चनसँग बिहे गरेको राखिएको छैन । फेसबुकमा उल्फले आफूलाई ‘डाइरेक्टर’ भनेर चिनाएका छन् । उनले क्यामरा बोकेको प्रोफाइल पिक्चर मात्रै राखेका छन् । अर्चना र अमेकिन नागरिकबीच अर्चनालाई अमेरिका भित्र्याउनका लागि मात्रै विवाह गरेको हो कि भनेर प्रश्न उठ्न थालेका छन् ।
महेन्द्रनगरकी अर्चना त्यहाँका स्थानीयवासीबाट लखेटिएर विस्थापित भएकी हुन् । अर्चनाको पोर्नस्टार बन्ने अभियानमा आमा सुनिता पनेरुको समेत साथ रहेको छ । बाबु भने यसको विरोधमा छन् । यही निहुमा उनका बुवा र आमाबीच सम्बन्ध विच्छेद भइसकेको बताइन्छ ।

Comments

Top