वर्ष खेलाडीको उपाधि रोजर र सेरेनालाई

काठमाडौं । टेनिस खेलाडी रोजर फेडेररले वर्ल्ड स्पोर्टसम्यान र अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले वर्ल्ड स्पोर्टसविमेनको अवार्ड हात पारेका छन् । रोजरले २० पटकसम्म ग्राण्डस्लाम उपाधि जितेका छन् भने सेरेनाले गत वर्ष २३ औं ग्राण्डस्लाम उपाधि जितेकी थिइन् ।

रोजरलाई सन् २०१७ को ‘रोलियस वर्ल्ड स्पोर्टसम्यान अफ द इयर’ अवार्डले सम्मान गरिएको हो । उनले कमव्याक अफ द इयरको उपाधि पनि पाएका छन् । रोजरले सन् २०१७ मा अस्ट्रेलियन ओपन र विम्बल्डन टेनिसको उपाधि पनि जितेका थिए ।

Comments

Top