‘द प्रिन्स’मा प्रिन्सको डेब्यु

theprinces

काठमाडौं । चलचित्र ‘द प्रिन्स’को घोषणा गरिएको छ । राजधानीेमा एक कार्यक्रमबीच चलचित्र ‘द प्रिन्स’ को निर्माण घोषणा गरिएको हो । मदन घिमिरेको निर्देशनमा बिष्णु शिवाकोटीले चलचित्रको निर्माण गर्न लागेका हुन् । एन.पी. फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रबाट संगितकार सम्राट थापाका छोरा प्रिन्स थापाले डेब्यु गर्दैछन्  ।

 चलचित्रमा सरोज खनाल, प्रिन्स थापा, कशिस दाहाल, मनिषा पाण्डे, निशा केसी भण्डारी, शिबु शाह, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय रहने छ । सम्राट थापाको कथा तथा सङ्गीत रहने यस चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, रामशरण उप्रेतिको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी रहने छ ।

 चलचित्र चैत्र ५ गतेबाट छायाँकनमा जाने निर्माण पक्षले जानकारी गराएका छन् । ‘द प्रिन्स’ आधुनिक परिवेश, प्रेम, रोमान्स, मनोरञ्जनपुर्ण रहनुका साथै घात, बिश्वास घात, त्याग र रहस्यको सेरोफेरोमा चलचित्र बन्ने निर्देशक मदन घिमिरेले बताए ।

Comments

Top