चाकडीको नीति अबलम्बन गर्दै भारतीय राजदुत, ओलीसँग दुई सातामा चार पटक भेटवार्ता

olirajdut

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि भारतीय राजदुत मञ्जिव सिंह पुरीले विभिन्न बहानामा ओलीसँग चार पटकसम्म भेटवार्ता गरेका छन् । दुई साताको अबधिमा मात्र रहेका  ति भेटवार्ताहरु अर्थहिन र केबल चाकडीमा मात्र केन्द्रित रहेको स्पस्ट देखिन्छ ।

 प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ । फागुन ३ गते ओलीले प्रधानमन्त्रीको सपथ लिए लगत्तै राजदूत पुरी ओलीलाई बधाई र शुभकामना दिन ओली निवास बालकोट पुगेका थिए ।

 त्यस्तै,फागुन ११ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई सन्देश पुर्‍याउने बहानामा पुरीले बालुवाटारमा पुगेर ओलीसँग अर्को अर्थहिन भेटवार्ता गरे। चाकडीको पनि सिमा हुन्छ । हुँदाहुँदै प्रधानमन्त्री ओलीको ६७ औँ बर्थडेको बहानामा १२ गते बालुवाटार पुगेर पुरीले शुभकामना दिए।

 आज फेरी होलीको शुभकामना दिन भन्दै राजदूत पुरी विहानै बालुवाटार पुगे । भेटमा दुई देशको सम्बन्ध र आपसी हितका विषयमा समेत कुराकानी भएको बताइएको छ । ओलीसँगको सम्बन्ध सुधार गर्नका लागि भारतीय राजदूत पुरीले ठूलो प्रयास गरेका छन् ।

 भारतको हेपाह प्रवृत्तिको बिरोध गरेर आफ्नो राष्ट्रवादी छवि उच्च बनाएका ओलीसँग भारतीय पक्षले सम्बन्ध सुधार गर्न खोजिरहेको छ । चीनको दवावमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुन लागेको भनेर चर्चा भइरहेका बेला भारतले त्यो गठबन्धन र एकता प्रक्रियालाई रोक्न खोजेको आरोप पनि छ ।

राजदुत पुरीले ओलीलाई धेरै नै चाकडी गर्न थालेपछि पत्रकार प्रतिक प्रधानले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्- भारतीय राजदूत होलीको शुभकामना भन्न बालुवाटार पुगेछन् । भोली मधेसको होली, २४ गते महिला दिवस, चैत ३ गते घोडेजात्रा र ११ गते चैते दशैं हो, सम्झाउनु त नपर्ला । '

Comments

Top