नेपाली राजदूतावासले बल्ल किन्यो जग्गा

काठमाडौं । अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले जग्गा खरिद गरेको छ । अष्ट्रेलियामा रहेका विदेशी कूटनैतिक नियोगहरुका लागि त्यहाँको सरकारले छुट्याएका सीमित जमिनमध्ये इ’ःबििभथ स्थित ब्लक नं. ३२, सेक्सन ५ को जमिन नेपाल सरकारले खरिद गरेको हो ।

दूतावासले खरिद गरेको जग्गाको कूल क्षेत्रफल ६१९८ वर्ग मिटर छ । नेपाली राजदूतावास अष्ट्रेलियाले त्यहाँको सरकारको भूमिसम्बन्धि प्राधिकरण नेशनल क्यापिटल अथोरिटी (एनसीए) सँग क्रोन लिज एग्रिमेन्टमा हस्ताक्षर गरेको जानकारी दिएको छ ।

Comments

Top