उत्तर कोरियाका शासक किमकै नक्कली पासपोर्ट

काठमाडौं । उत्तर कोरियाली शाषक किम जोङ र उनको परिवारले ब्रालिलियन राहदानी प्रयोग गरेको खुलासा भएको छ । जोङ उन र उनका बाबु किम जोङ इलले ब्राजिलको पासपोर्ट प्रयोग गरेको भेटिएको हो ।

उनीहरुले पश्चिमा देश र एसियाका हङकङलगायत देशमा जान ब्राजिलियन राहदानी प्रयोग गर्ने गरेको स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । समाचार अनुसार १९९० को दशकमा कोरियाली शाशकको रुपमा चिनिने किम परिवारले यस्तो कीर्ते रोयटर्सले फेला पारे पनि उसले ढिलो गरेर सार्वजनिक गरेको हो ।

‘उनीहरुले ब्राजिलियन पासपोर्ट प्रयोग गर्ने गरेको कुरा उनीहरुको फोटोबाट प्रस्ट देखिन्छ’, साउथ चाइना मर्निङ पोस्टले पश्चिमा सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ । तर ब्राजिलमा रहेको उत्तरकोरियाको दूतावासले भने आरोपलाई इन्कार गरेको छ । – एजेन्सी

Comments

Top