कान्तिपुर आइडलको अन्तिम तयारी

kantipuridol

 काठमाडौं । सनराज इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा भैरहेको ‘कान्तिपुर आइडल’ खुल्ला गायन तथा नृत्य प्रतियोगिताको अन्तिम तयारी भैरहेको छ । लगभग एक हजार जना प्रतिस्पधीलाई पछाडी पारेर अहिले केही प्रतिस्पर्धी फाइनलमा प्रवेस गरेका छन् ।

 जसमा गायन तर्फ  अभिषेक पोख्रेल , राजेश गहतराज, समिर खरेल, उपेन्द्र सहयात्री राई र रञ्जन सोताङ्ग राई छन् भने नृत्य तर्फ आर्या सुबेदी, सलोनी मल्ल, दिलिप तामाङ्ग, कविता राई, गणेश श्रेष्ठ रहेका छन् । कार्यक्रमका आयोजक सन्तोष शर्मा र राजन कार्की रहेका छन् ।

  गत भाद्र ३१ गते देखि सुरु भएको उक्त कार्यक्रम हरेक हप्ता माउन्टेन टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको छ । यस कार्यक्रममा गायन तर्फ निर्णायकमा आनन्द कार्की र राज सिग्देल रहेका छन् भने नृत्य तर्फ  राजेन्द्र कमल राई रहेका छन् । कार्यक्रमको अन्तिम प्रतिस्पर्धा चैत्र ६ गते नाचघर जमलमा हुने छ ।

Comments

Top