अबैध रुपमा युरोप पठाएर ठगी गरी अलपत्र पार्ने कन्सलटेन्सीका संचालक पक्राउ

catchy

 काठमाडौं । अबैध रुपमा बिदेश पठाएर ठगी गर्ने कन्सल्टेन्सिका संचालक पक्राउ परेका छन्। पुतलीसडक स्थित क्याचे एजुकेशन एन्ड ट्रेनिङ कन्सलटेन्सीका संचालक पुरुषोत्तम खड्कालाई विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी अवैध तरिकाले ७ देखि १२ लाख सम्म लिई अजरवैजान,पोल्याण्ड,साउथ अफ्रिका,स्टोनिया,माल्टा लगायतका देशहरुमा पठाई अलपत्रसमेत पार्ने गरेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले पुतलीसडकबाट पक्राउ गरेको हो ।

 खड्काले शैक्षिक परामर्शको लागि खोलिएको संस्थाबाट बिना इजाजत वैदैशिक रोजगार व्यवसाय संचालन गरी एजेन्टहरु मार्फत वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुलाई सम्पर्कमा ल्याई निजहरुले वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजातहरुसमेत आफैं तयार पारी पठाउने गरेको देखिएकोअनुसन्धानका क्रममा खुलेको छ । खड्कालाई थप अनुसन्धान एंव कारबाहीको लागि  वैदेशिक रोजगार विभाग बुद्दनगर पठाईएको छ ।

  खड्काले विभिन्न मुलुकहरुमा रोजगारीको लागि पठाई अलपत्रमा परेका व्यक्तिहरुको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ । महाशाखाले उनको साथबाट २५ थान पासपोर्ट र विभिन्न बैकका भौचर सहित चेकका थान समेत बारामद गरेको छ

Comments

Top