चीनसँगको सहकार्यको बारेमा यसरी खुलाए पाकिस्तानी प्रधानमन्त्रीले ,मिडियामा आएको दृष्य झुट

ambassiकाठमाडौं । पाकिस्तातानी प्रधानमन्त्री शहिद खकान अब्बासीले राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढ गर्न सफल भएको भन्दै नेपाली नेतृत्वको तारिफ तारिफ गरेका छन् । उनले भारत र पाकिस्तानको तनाबबीच रोकिएको सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानमै हुने र सहज परिस्थिति बन्ने विश्वास पनि व्यक्त गरे ।

 नेपालले यसका लागि प्रयास गरोस् भन्ने अपेक्षा पनि घुमाउरो ढंगले सुनाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका उनलाई सैनिक मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।

 उनले सैनिक सलामीपछि होटल याक एन्ड यतिमा नेपाली प्रतिनिधिमण्डलसँग औपचारिक तथा प्रधानमन्त्री ओलीसँग करिब दश मिनेट एकान्त वार्ता गरेका थिए । अब्बासीले मंगलबार माओवादी अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर ११ बजे पाकिस्तान हवाई सेनाको जहाजमा स्वदेश फर्किने कार्यक्रम छ ।

 उनले भने - 'पाकिस्तान नेपालको प्रगति र विकासका लागि जुनसुकै र सामथ्र्यले भ्याएसम्म जेसुकै सहयोग गर्न कुनै पनि वेला उपलब्ध छ भन्ने विषय प्रधानमन्त्रीलाई भनेको छु । यसका लागि सार्क फोरम छ, दुईपक्षीय फोरम छ । दुईदेशबीच समझदारी विस्तार गर्ने भ्रमण भएकाले अब दुईदेशबीच बढीभन्दा बढी सहकार्य हुनेछ । मेरो भ्रमणलाई यही रूपमा बुझ्नुपर्छ । नेपाल र पाकिस्तानको संसद्का बीचमा अनुभव आदनप्रदान गर्ने संयन्त्र बनाउन हामी सहमत भयौँ । किनभने लोकतन्त्र संस्थागत गर्ने विषयमा हामी एकैठाउँमा छौँ । नेपाली विद्यार्थीलाई पाकिस्तानका शिक्षण संस्थामा दिने छात्रवृद्धि दोब्बर गरेको जानकारी गराएको छु । थप बढाउन हामी सकारात्मक छौँ ।'

 नेपाल र पाकिस्तानबीच सीधा उडान सुचारु गर्ने विषयमा पनि छलफल भएको छ । उनले भने -' मैले पाकिस्तानले सामना गरिरहेको आतंकवादको विषयमा पनि कुरा राखेँ । पाकिस्तानले आतंकवादविरुद्ध अप्ठ्यारो र महत्वकांक्षी युद्ध लडिरहेको छ । हामीले पछिल्लो पाँच वर्षमा ६५ सय सैनिक र २५ हजारजति गैरसैनिक नागरिक र प्रहरी गुमाएका छौँ । तपाईंहरूले सीएनएन वा अन्य मिडियामा देख्नुभएको पाकिस्तानको दृष्य सही होइन । हामीले भनिरहेका छौँ कि पाकिस्तानमै आएर हेर्नुस्, हामीले आतंकवादविरुद्ध कति काम गरिरहेका छौँ । यसमा हामीले सफलता हासिल गरिरहेका छौँ ।

 अब्बासीले पाकिस्तानमा निर्माणाधीन चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) परियोजनाका बारेमा प्रधानमन्त्रीलाई शेयर गरेगरेको उल्लेख गरेका छन् । सिपेक चिनियाँ बीआरआईको सबैभन्दा सदृष्य परियोजना हो । नेपाल पनि बीआरआईमा सामेल छ । उक्त परियोजनापछि पाकिस्तान मात्र होइन, समग्र क्षेत्रमा नै कनेक्टिभिटी कसरी बढाउन सकिन्छ भन्नेमा छलफल भएको वताए । संसारलाई खुला गर्ने परियोजना हो । पश्चिम एशियासँग सबैभन्दा सहज एक्सेस हामी प्रदान गर्न सक्छौँ, पश्चिम चीनलाई पनि जोड्न सक्छौँ । बजार, रेल, रोडलाई जोड्न सक्छौँ । पश्चिम एसिया र युरोप जोड्ने परियोजना हो सिपेक, जसले यो क्षेत्रको भविश्य चम्काइदिन सक्छ ।(नयाँ पत्रीका)

 

Comments

Top