पोर्न स्टार सन्नी तीन सन्तानकी आमा ?

काठमाडौं । पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी जुम्ल्याहा बच्चाको आमा बनेकी छन्। उनले सेरोगेसी मार्फत आमा बनेकी हुन्। केहि समय अगाडि सन्नीले एक बालिकालाई धर्मपुत्री बनाएकी थिइन्। उनले इन्स्टाग्राम मार्फत सो कुरा सार्वजनिक गरेकी हुन्। उनले पतिसहित जुम्ल्याहा छोराहरूसँग फोटो पोस्ट गर्दै सो खबर सार्वजनिक गरेकी हुन्।

उनले इन्स्टग्राममा ‘अशर सिंह वीबर, नोहा वीबर र निशा कौर वीबर आएपछि अब हाम्रो परिवार पूरा भएको छ । हाम्रो छोराको जन्म केही हप्ता अगाडि मात्र भएको हो तर ऊ हाम्रो सपना र दिलमा भने धेरै पहिला देखि बढिरहेको थियो । भगवानको आशीर्वादबाट हाम्रो परिवार पूरा भएको छ ।’ उल्लेख गरेकी छन् ।

Comments

Top