सिरियाका बेकसुर जनता मार्ने रुसको विमान दुर्घटना हुँदा ३९ जनाको मृत्यु

काठमाडौं । रुसी सेनाको कार्गो विमान मंगलबार सिरियामा दुर्घटना हुँदा ३९ जनाको ज्यान गएको छ । रुसको सुरक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसका सञ्चार माध्यमहरुले रसियन एएन–२६ मिलिटरी ट्रान्सपोर्ट प्लेन सिरियाको लताकिया राज्यस्थित हेमिम एयरबेसमा अवतरणका क्रममा दुर्घटना भएको जनाएका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार मृत्यु हुनेमध्ये ३३ जना रसियन आर्मी र ६ जना चालक दलका सदस्य हुन् । विमान दुर्घटनाको कारण खुलेको छैन । आतंकवादी आक्रमण या प्राविधिक गडबडीमध्ये कुनै एक कारणले विमान दुर्घटना भएको अनुमान गरिएको छ । सिरियामा भएको हिंसामा रुसले पनि सिरियाली सरकारलाई सहयोग गर्ने वाहनामा त्यहाँ रगतको खोला नै बगाएको छ । त्यसैले पनि सिरियामा गरिव, निुमखा र बेकसुर जनताहरु मरिरहेका छन् ।

Comments

Top