टोटनहृयाम र आर्सनल विजयी

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा गयराति भएको खेलमा टोटनहृयाम र आर्सनलले आ–आफ्नो खेल जितेका छन् । खेलमा टोटनहृयामले बर्नमाउथलाई ४–१ ले तथा आर्सनलले वाट्फोर्डलाई ३–० ले पराजित गर्यो ।

घरेलु मैदानमा बर्नमाउथले सुरुवाती अग्रता लिएको थियो । तर, उसले हार टार्न भने सकेन । खेलको सातौं मिनेटमै स्टानलासले गोल गरे । टोटनहृयामको जितमा सन हेङ मिनले दुई गोल गरे भने डेली अली र सर्ज अरियरले एक(एक गोल थपे ।

जितसँगै टोटनहृयाम अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टोटनहृयामले ३० खेलबाट ६१ अंक जोड्दा ३३ अंकसहित बर्नमाउथ १२ औं स्थानमा छ ।

यसैगरी घरेलु मैदानमा वाटफोर्डलाई हराउँदा आर्सनलका शोकड्रान, पियर एमरिक र हेनिरिकले एक–एक गोल गरे । यो जितसँगै ४८ अंकसहित आर्सनल लिगको छैटौं स्थानमा छ ।

पराजित वाट्फोर्ड ३६ अंकसहित दशौं स्थानमा छ । पहिलो स्थानमा म्यानचेस्टर सिटी, दोस्रोमा म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा टोटनहृयाम छन् ।

Comments

Top