नेपालद्धारा हङकङ ५ विकेटले पराजित

काठमाडौं । विश्वकप छनोटमा नेपालले हङकङमाथि ५ विकेटले पराजित गरेको छ । हङकङ पराजित भएसँगै यससँगै अफगानिस्तान सुपर सिक्समा पुगेको छ । सुपर सिक्समा पुग्न नेपाललाई ठूलो अन्तरको जित चाहिएको थियो । तर, त्यो हुन सकेन । र, पनि नेपालले एकदिवसीय मान्यता भने पाउने र डिभिजन टूमा घटुवा हुनबाट बच्ने सम्भावना भने रह्यो ।

हङकङले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४०.४ ओभर खेल्दै प्राप्त गरेको थियो । नेपालका लागि सोमपाल कामी र रोहितकुमार पौडेलले छैटौं विकेटका लागि ८९ रनको अविजित साझेदारी गर्दै जितसम्म पुर‍्‍याएका थिए ।

त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल साहले २६ रनको योगदान दिए। ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले १२-१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे। नेपालले अब प्लेअफमा अर्को समूहको पुछारमा रहेको पपुवा न्यु गिनीको सामना गर्नेछ।

Comments

Top