बोक्सीको आरोपमा लगातार ६ घण्टा कुटपिट गर्ने भोले बाबा छुटाउन भूमिका खेल्ने मेयरमाथि गोली प्रहार

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो । प्रहरीका अनुसार चौधरीको शरीरमा गोलीको छर्रा मात्रै लागेको छ। चौधरीमाथि खुकुरी प्रहार भएको पनि प्रहरीले जनाएको छ । उनको टाउकोमा खुकुरी प्रहार भएको हो ।

प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई गोली प्रहार भएको पुष्टि गरेका छन् । सोमबार बेलुकी आफ्नै घरमा बसिरहेका चौधरीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको हो ।

नेपालका अनुसार चौधरीलाई घोडाघोडीको अस्पतालमा उपचार गरिएको छ। थप उपचारको लागि नेपालगन्ज लैजाने तयारी भइरहेको छ।

गत बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरेको आरोपमा पक्राउ परेका रामबहादुर चौधरीलाई मताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा छुटाइएको थियो। त्यसपछि मेयर चौधरीको चौतर्फी विरोध भएको थियो भने एमालेले कारबाही प्रक्रिया पनि अगाडि बढाएको थियो । मेयर चौधरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

Comments

Top