लोकदोहोरी अवार्ड २०७४ को नोमीनेशन सार्बजनीक हुदै

काठमाडौं । केन्द्रिय अनलाईन रोधी ब्यवस्थापन संघ नेपालको आयोजनामा भएको प्रथम केन्द्रिय अनलाईन लोकदोहोरी अवार्ड २०७४को अनलाईन कलाकार छनौट प्रक्रिया भईरहेको छ । २६ जना सहभागी मध्ये निर्णायक मण्डलबाट २० जनालाई भोटीङ् प्रक्रियामा सहभागी गराइएको थियो ।

२० जना मध्येबाट उत्कृष्ट १० अनलाईन कलाकार छनौटको लागि हाल भोटीङ भइरहेको र भोटीङ प्रक्रिया मार्फत छिट्टै यस बर्षको उत्कृष्ट अनलाईन कलाकारहरुको नाम सार्बजनिक गरि संघको दोस्रो बार्षिक उत्सब चैत्र २५ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अबार्ड तथा प्रमाण पत्र हस्तान्तरण गरिने केन्द्रिय अनलाईन रोधी ब्यवस्थापन संघ नेपालका अध्यक्ष नारायण खड्काले जानकारी दिए ।

साथै फागुन ३० गते उत्कृष्ट राष्ट्रिय कलाकारहरुको नोमीनेशन फारम दर्ताको अन्तिम म्याद रहेको र नोमीनेशनमा परेका कलाकारहरुको चैत्र १ गते बाट भोटीङ प्रक्रिया सुरु हुने र उत्कृष्ठ भएका कलाकारहरुलाई चैत्र २५ गतेकै कार्यक्रममा अवार्ड तथा प्रमाणपत्र हस्तान्तरण गरने अध्यक्ष खड्काले जानकारी दिए ।

Comments

Top