नशालु हेराईमा निर्देशक प्रबिन र आरुशीको रोमान्स

काठमाडौं । निर्देशक प्रबिन थापाको निर्देशनमा ‘नशालु हेराई...’ बोलको गित सार्बजनिक भएको छ । उमेश गुरुङको लय र शब्द रहेको उक्त गितमा आरुशी मगर र निर्देशक थापाको धमाकेदार नृत्य देख्न पाईन्छ । मेलमिलाप डिजिटलले बजारमा ल्याएको नशालु हेराईको छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन ।

उमेश गुरुङ र मनु थापा मगरको सुमधुर स्वर रहेको गितको भिडियोबाट आफु निक्कै आशाबादी रहेको निर्देशक थापाले बताएका छन् । निक्कै मेहनतका साथ तयार परिएको उक्त भिडियोमा निर्देशक थापासँगै नृत्य गर्ने अवसर पाउँदा आफु निक्कै खुशी भएको कलाकार आरुशी मगरले बताइन ।

Comments

Top