मोस्ट वान्टेड उमेश पासवान यसरी परे प्रहरी फन्दामा

arrest

सर्लाही। प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सर्लाहीका उमेश पासवान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले पासवानलाई सर्लाहीको लालबन्दीबाट पक्राउ गरेको हो । सिराहा, सर्लाही, रुपन्देही लगायत जिल्लामा गोली हानी व्यक्ति हत्या गर्ने कार्यमा पासवान संलग्न भएको खुलेपछि केहि समययता प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।

पासवानविरुद्ध सर्लाही, सिराहा र रुपन्देही जिल्ला अदालतमा खुँनडाका तथा संगठित अपराध, हातहतियार, कर्तव्य ज्यानमार्ने उद्योग, चोरी र जर्वजस्त चोरीका मुद्धा छन् ।

सर्लाहीकै हरिपुरमा पासवानले तीन वर्षअघि गोली हानी एक व्यक्तिको हत्या गरेका थिए । धम्काउदै रकम माग्ने र नदिए गोली हानी हत्या गर्ने उनै पेशा नै थियो ।

Comments

Top