कंगनालाई धोकै धोका

काठमाडौं । बलिउडमा ‘कंगना रनोट’ सफल अभिनेत्री हुन् । उनको व्यावसायिक जीवनले नयाँ सफलताको उचाई छुँदै गइरहेको छ । तर, कंगनाको व्यक्तिगत जिन्दगी भने सँधै विवादमा रह्यो । कंगनाले थुप्रै युवकसँग प्रेम भएको बताएकी छिन् । तर, अहिलेसम्म सपनाको राजकुमार नभेटिएको उनले बताएकी छिन् ।

कंगनाले भनिन्, ‘धेरै पटक अफेयर रह्यो । १६ देखि ३० वर्षको अवधिमा धेरै पटक प्रेममा परे । तर, प्रत्येक पटक धोका मात्रै मिल्यो ।’ उनले भनेकी छिन्, ‘यस्तो कुनै मौका नै कहिल्यै आएन, जहाँ म आफैँ कसैलाई ब्रेकअफ दिएको छु, सँधै मलाई नै धोका दिइयो ।’

कंगनाले भनेकी छिन्, ‘प्रत्येक सम्बन्धपछि जिन्दगी नै सकिएको जस्तो महशुस हुन्छ । प्रेमीहरू मलाई सोध्थे, उनीहरूको बारेमा म सबै कुरा कसरी जान्दछु ? उनीहरूको हिसाबले म उनीहरूमाथि जादु–टुना गर्छु । यदि मेरो प्रेम कसैलाई पागलपन लाग्छ भने यसमा केही आपत्ति छैन र म कोही अर्कै खोज्छु । यदि मलाई मान्छेहरूले जादु–टुना गर्ने महिला सम्झन्छन् भने यसमा मलाई चिन्ता छैन ।’

कंगना यतिबेला फिल्म ‘मणिकर्णिका’को काममा व्यस्त छिन् । यसका साथै राजकुमार रावसँग फिल्म ‘मेन्टल हे क्या’को सुटिङमा पनि व्यस्त छिन् । – एजेन्सी

Comments

Top