शपिङ सेन्टरमा आगलागी हुँदा सिनेमा हेर्न गएका ३७ जनाको मृत्यु

काठमाडौं । रुसको साइबेरियास्थित केमेरोफोको विन्टर चेली मलमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ भने केही व्यक्ति वेपत्ता छन् । एक सय जनाभन्दा बढीलार्इ उद्धार गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मलको चौथो तलबाट आगलागी शुरु भएको थियो जहाँ सिनेमा घर छ । मृत्यु हुनेहरु धेरैजसो सिनेमा घरमा रहेकाहरु छन् । सिनेमाघरका दुई हलका छत आगलागीबाट खसेका छन् ।

सन् २०१३ मा बनाइएको यो शपिङ मल निकै चर्चित छ । यसमा एक सानो चिडियाघर पनि छ । आगलागीका कारण खुलेको छैन । रुसको चाँच समितिले यसलाई आपराधिक क्रियाकलाप हुनसक्ने आशंका गर्दै अनुसन्धान शुरु गरेको बीबीसीले जनाएको छ । – एजेन्सी

Comments

Top