रेल चढेर यसकारण चीन पुगेका रहेछन् किम

काठमाडौं । उत्तर कोरियाली शासक नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गरेका छन् । यसअघि किम रेल चढेर सुटुक्क चीन गएको समाचारहरु आइरहेका थिए । तर, अहिले चिनियाँ सरकारी समाचार सेवा सिन्ह्वा र उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले किम चीन पुगेको पुष्टि गरेका हुन् ।

सन् २०११ मा मुलुकको राज्यसत्ता सम्हालेयता कुनै पनि देशको भ्रमण नगरेका किम पहिलो पटक चीन पुगेका हुन् । सिन्ह्वाले किम र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटघाट भएको उल्लेख गरेको छ । उत्तर कोरियाको सरकारी समाचार सेवा केसीएनएले किमको चीन यात्रालाई ऐतिहासिक भएको विश्लेषण गरेको छ ।

अमेरिकासँग वार्ताको तयारीमा रहेको उत्तर कोरियाले चिनियाँ राष्ट्रपतिलगायतका उच्च राजनीतिक नेतृत्वसँग गरेको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । अघिल्लो महिना दक्षिण कोरियाको प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उन वार्ताको लागि तयार भएका थिए ।

सिन्ह्वाका अनुसार, सी जिनपिङसँगको भेटका क्रममा किमले प्रमाणु शक्ति घटाउने प्रतिबद्धता जनाएका छन् । चीन उत्तर कोरियाको सबैभन्दा ठुलो सहयोगी मुलुक हो । – एजेन्सी

Comments

Top