अन्तिम समयमा मेस्सीको गोलसँगै बालबाल जोगीयो बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको अपराजित यात्रामा झण्डै ब्रेक लागेको थियो । तर, अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल फर्काएपछि लिग लिडर बार्सिलाना सेभिल्लासँग हारबाट जोगिएको हो । २–० ले पछि परेको अवस्थामा ८८ र ८९ औं मिनेटमा लुइस स्वारेज र लियोनल मेस्सीले एक–एक गोल फर्काएर खेललाई बराबरीमा पु¥याएका थिए ।

सेभिल्लाले ३६ औं मिनेटमा भाज्क्वेजको गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यसको १४ मिनेटपछि मुरिएलले अर्को गोल गरेपछि बार्सिलोना २–० ले पछाडि परेको थियो । त्यसपछि भने खेल बार्सिलोनाको पक्षमा पुग्यो । दबावमा परेको बार्सिलोनाका लागि ८८ औं मिनेटमा स्वारेजले एक गोल गरे भने त्यसको एक मिनेटपछि स्टार स्ट्राइकर लियोनल मेस्सीले अर्को एक गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए ।
चोटका कारण अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेल नखेलेका मेस्सी शनिबार राति सेभिल्लाविरुद्ध भने थप खेलाडीको रुपमा मैदान छिरेका थिए । बार्सिलोनाले यो सिजनको ला लिगामा हार व्यहोरेको छैन । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ । दोस्रो स्थानमा रहेको एथलेटिको मड्रिडको ६४ र तेस्रो स्थानमा रहेको रियल मड्रिडको ६३ अंक छ ।

Comments

Top