अफ्रिकामा अलपत्र ६ नेपालीको उद्धार

काठमाडौं । छ महिनादेखि अफ्रिको टोगोमा अलपत्र पारेका ६ जना नेपालीको उद्दार भएको छ । दलालले अमेरिका पठाउँछु भनेर अफ्रिको टोगोमा पु¥याएर अलपत्र पारेका उनीहरुको उद्दार भएको हो । उद्धार गरिएका महेश्वर आचार्य, कमल बहादुर धर्ती, मीनबहादुर श्रीस पुन, अशोक पौडेल, जीवन श्रेष्ठ र सोनामछिरी शेर्पालाई त्यहाँबाट नेपाल फिर्ता पठाइ सकिएको छ ।

उनीहरु गत हप्ता नाइजेरियास्थित एनआरएनए कोषाध्यक्ष हिक्मत थापासँग सम्पर्कमा आएपछि सहयोगका लागि पहल भएको थियो । उनीहरुको राहदानी समेत दलालले राखेको र अन्त्यन्तै कष्टका साथ उनीहरुलाई गत ६ महिनादेखि पश्चिमी अफ़्रिकी मुलुक टोगोमा राखिएको थियो ।

Comments

Top