प्रहरीको काममा वाइसीएलको हस्तक्षेप

aaycln

चितवन । चितवनमा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) ले अराजकता देखाएको छ । वाइसीएलले भारतबाट ल्याइँदै गरेको आठ टन कुखुराको मासु बरामद गरेको घटनाले प्रहरी प्रशासन नै कमजोर देखिएको छ ।

गगन सप्लायर्सको नाममा क्वारेन्टाइन बनाई भैरहवाबाट काठमाडौं लैजादै गरेको मासु बोक्ने ट्रक वा सप्लायर्स दोषी छ वा छैन अनुसनधानले देखाउनेछ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

तर, भारतबाट कुखुराको मासु आयत गर्न पाइन्छ वा पाइँदैन रु पाइँदैन भने भन्सारमा क्वारेन्टाइन किन बनाइयो रु यस्ता थुप्रै प्रश्न उब्जिएको छ । भन्सारको कर्मचारीलाई कारबाहीको माग गर्नुभन्दा वाइसीएलले गुण्डागर्दी शैली देखाएकोमा धेरैका मनमा चिसो पसेको छ ।

वाइसीएलको यो अवैध कार्यमा नेपाल पोल्ट्री महासंघले पनि साथ दिएको छ । महासंघका उपाध्यक्ष टीका पोख्रेलले पशु क्वारेन्टाइनबाट परीक्षण हुनु पर्नेमा कृषि क्वारेन्टाइन कार्यालयबाट परीक्षण गरी अवैध रुपमा मासु भित्र्याइएको दाबी गरेका छन् ।

प्लान्ट क्वारेन्टाइन बेलहियाको चलानी नम्बर १५८८६ को पत्रअनुसार क्वारेन्टाइनले जाँचपास गराएर गगन सप्लायर्सले कुखुरा भित्र्याएको थियो । यसलाई अब कसरी अवैध भन्ने रु एक व्यवसायी प्रश्न गर्छन् ।

गृहमन्त्री रामबहादुर थापाको आडमा वाइसिएलले गुण्डागर्दी देखाउन थालेको आरोप चितवनका स्थानीयले लगाउनु थालेको छ ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

Comments

Top