पूर्व राष्ट्रपतिलाई १२ वर्ष जेल सजाय

lula daकाठमाडौं । ब्रजिलका पूर्व राष्ट्रपति लुइज् इनासियो लुला दा सिल्भाले १२ वर्ष जेल बस्नु पर्ने भएको छ । ब्रजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति सिल्भालाई घुस लिएको अभियोगमा १२ वर्षको कैद सजायको फैसला सुनाएको हो।

लुलाले चाहिँ आफूविरुद्धको फैसला पुनरावलोकन नभएसम्म आफू कैदमुक्त हुन पाउनु पर्ने दलिल पेस गरेका थिए। तर, अदालतको पछिल्लो फैसला आगामी अक्टोबर महिनामा हुने राष्ट्रपतीय चुनाव लड्ने तयारी गरिररहेका ब्रजिलका वामपन्थी नेतालाई ठूलो धक्का दिएको छ।

यो मुद्दाले ब्रजिलको राजनीतिलाई निकै तताएको छ। मुद्दा चल्दै गर्दा लुलाको पक्ष र विपक्षमा प्रदर्शनहरू भएका थिए। ७२ वर्षीय लुलाको दाबी छ उनीविरुद्धको मुद्दा राजनीतिक उद्देश्यले अभिप्रेरित छ र त्यो उनलाई चुनावमा भाग लिन नदिनका लागि ल्याइएको हो। लुलाको वर्कर्स पार्टीले उनीविरुद्धको अदालती निर्णय ‘प्रजातन्त्र र ब्रजिलको लागि दुःखद’ भएको बताएको छ।

Comments

Top