विदेश गएका साथिहरुलाई खुल्ला पत्र

rabinaप्रिय साथिहरु, म आज फेरि तिमीहरुलाई सम्झेर खुल्ला पत्र लेख्दै छु । आज म सिंहदरबारको बगैंचामा बस्दै ती साथि सम्झेको छु , जो हजारबार सँगै घुमेका थियौ । म सफल भएकी छैन तर, भर्याङ चढ्ने कोशिसमा छु । बुबा आमाको हजार सपना पूरा गर्न म र ती साथि तल्लिन छौं । सबैले पूरा गरौंला । फरक यति छ, बुबा अमाको दश वर्ष सम्मको बोर्डिङ लगानि, प्राइबेट क्याम्पस अनि काठमाडौँ बसाई पछिको यात्रा १२ पढुन्जेल सम्म एकदिन साथिको घर सम्म पठाउन नसक्ने मायाले पालिएका छोराछोरीलाई रुदै विदेश पठाउनुको पिडा ।

वर्षौं सम्म आमाले भात पकाउँदा पनि छोरा छोरिले दुख पाउँछन भनेर मायामा हुर्किएका तिनै साथिहरु अहिले कुकिङ गर्छु भन्दै छन् । ति रमाईला क्षणहरु सब सम्झनामा मात्र सिमित भएका छन् । म अहिले पनि सम्झन्छु जब सरले स्कुलमा तिमीहरु के बन्ने भन्दा नेपालको सेवा गर्छु भन्थ्यौ । अहिले त सुन्दा पनि नरमाईलो लाग्छ, जुन साथिहरु I love my country and I am proud of being Nepali भनेर भन्ने गर्थे अहिले उनीहरु नै अरु देश को सेवा गरिरहेका छन् ।

कहिले काहि त मलाई पनि सबै छोडेर आफ्नो प्यारो साथिहरुको साथ बस्न जाउँ कि जस्तो लाग्छ । तर, फेरि सोच्छु हामी जस्तो युवा नै विदेशीएप५ देश को विकास कस्ले गर्ने ?
हुन त मैले कोशस गरेर ति गएका साथिहरु लाई नेपाल फर्काउन नसकुला तर म हार भने चाहि अवश्य मान्ने छैन ।

सामजिक संजालमा देखिने जिवनशैली को लोभ त मलाई पनि लाग्छ अनि त्यही जिवनशैली बिताउन जाउ कि जस्तो लाग्छ । फेरि अफ्नो चित्त बझाउँदै यो देशमा बसेर केही गर्नु छ भनेर गन्तव्य लिन्छु ।

मेरो यो गुनासो होइन, माया हो । तिमीहरु बिना यक्लो छु । यादहरुको बाहब हो । मलाई थाहा छ तिमीहरु सानका साथ विदेशबाट फर्कदा कार र बङ्गला हुनेछ । तर, म यहि राष्ट्रसेवा गरिरहने छु । मेरो अपेक्षा यो हो फेरि हामी सँगै भइएला । देशको सेवा गरौंला । तिमीहरुले विदेशमा सिकेको कुरा नेपालमा प्रयोग होला । हामी सबै फेरि नेपाल निर्माणमा लागि नेपाललाई सम्बृद्धि बनाउने छौ ।
उहीँ तिम्रो सथी रबिना ढकाल

Comments

Top