श्रृङ्खला बनिन मिस नेपाल २०१८

miss nepal 2018काठमाडौं । मिस नेपाल वल्र्ड २०१८ को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिमाथि कब्जा जमाएकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले उपाधि जितेकी हुन् ।

उपाधि उनले ‘मिस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई २०१७ कि मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् । 

हेटौडा स्थायी घर भएकी २२ वर्षीया खतिवडा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले सांसद विरोध खतिवडा तथा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन्। ५ फिट ६ इञ्चकी शृङ्खलाले कलेज टपर हुन्। उनी पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्टकी विद्यार्थी हुन्। लेखनमा पनि रुचि भएकी उनले आफ्नो पुस्तक प्रकाशन गर्ने लक्ष्य राखेकी छिन्। उनी आर्किटेक्ट बन्न चाहन्छिन्। 

त्यसैगरी अन्य विधामा उपाधि जित्नेहरुमा मनिता देवकोटा– मिस नेपाल यूनिभर्स, प्रिया सिग्देल–मिस नेपाल अर्थ र रोनाली अमात्यले मिस नेपाल इन्टरनेशनलको उपाधि जितिन् । देवकोटाले मिस यूनिभर्समा नेपाल, सिग्देलले मिस अर्थ र अमात्यले मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । तीनै जनाले नगद नगद १ लाख पुरस्कार पनि प्राप्त गरेका छन् ।

द हिडेन ट्रेजरले आयोजना गरेको यस बर्षको ‘मिस नेपाल २०१८’मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा रहेका थिए । काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना भएको मिस नेपालमा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

shrinkhalaप्रतियोगीतामा विभिन्न १२ विधामा टाइल अवार्ड पनि दिइएको थियो । जसमा ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवडा, मिस फ्रेन्डसिपः साहारा लामा, मिस फोटोजेनिकः महिमा सिंह, मिस पक्चुअलः लक्ष्मी पौडेल, मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना, मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ, मिस कन्फिडेन्टः आस्था साख, मिस फ्याशिनोः श्रृङ्खला खतिवडा, मिस ग्ल्यामरः मनिता देवकोटा, मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी, मिस ट्यालेन्टः रोनाली अमात्य, ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल घोषित भएका थिए ।

Comments

Top