कानुन विपरित सम्झौता नगर्न आईजीपी खनालको निर्देशन

igpsarbendra

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनालले कसैसँग कानुन  विपरित सम्झौता नगर्न मातहतका प्रहरी अधिकारीहरुलाई  निर्देशन दिएका छन्  । आईजीपीको पदभार सम्हालेपछि बिहिबार हेडक्वार्टरमा आयोजित ब्रिफिङ कार्यक्रममा आईजीपी खनालले दत्तचित्त भएर आफ्नो कर्तव्य निर्वाह गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका हुन् । आईजीपी खनालले कानुनमा नचुक्न समेत निर्देशन दिए । 

उनले  प्रहरी देश र जनताकोे सुख–दुःखको साथी भएको उल्लेख गर्दै संगठनलाई नयाँ गति दिने बताए ।  खनालले प्रहरी हेडवार्टरको अवलोकन समेत गरे ।

 यसअघी  गृह मन्त्रालयमा  बिहान आयोजित बिशेष समारोहमा गृहसचिव प्रेमकुमार राईले आईजीपी खनाललाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई संगठनको नेतृत्व सुम्पेको थियो । दर्ज्यानी चिह्न लगाए लगत्तै आईजीपी खनालले पदिय चुनौतीलाई जनताको सेवा गर्ने अवसरका रुपमा सदुपयोग गर्ने प्रतिवद्धता जनाएका थिए  । 

Comments

Top