३३ किलो सुनकाण्डका अभियुक्तले गरे प्रहरी हिरासतमा आत्महत्या

murder

 काठमाडौं । ३३ किलो सुनकाण्डका एक अभियुक्तको प्रहरी हिरासतमा मृत्यु भएको छ । महानगरीय प्रहरी बृत सिंहदरवारमा बर्दिया राजपुर नगरपालिका प्रयागपुर घर भई हाल काठमाडौंको चुच्चेपाटी बस्दै आएका प्रेमलाल चौधरीले हिरासतमा आत्महत्या गरेका छन् । उनलार्इ प्रहरीले ३३ किलो सुन काण्डमा पक्राउ गरेको थियो।

  वृत्तको शौचालयमा झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चौधरी सुन काण्डमा प्रहरी हिरासतमा थिए । उनलाई विमानस्थलबाट सुन तस्करीमा तस्करहरूलार्इ सहयोग गरेको अभियोग लागेको थियो । 

 मृतकको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाजगञ्ज लगिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Top