सुराकीको नाममा सबैभन्दा बढि रकम खर्च गर्नेमा राअ प्रमुख, एक वर्षमै दुई करोड बढि खर्च

griha_1काठमाडौं । आर्थिक वर्ष ०७३/७४ मा गृह मन्त्रालयले सुराकी खर्च भन्दै २ करोड १७ लाख खर्च गरेको छ । २२ वर्षअघिको मन्त्रिपरिषद्को निर्णयका आधारमा गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले एक वर्षको अवधिमा उक्त रकम खर्च गरेका हुन्। महालेखाको प्रतिवेदनका अनुसार आर्थिक वर्ष ०७३/७४ मा सुराकीको नाममा गृहमन्त्रीले ६१ लाख, गृहसचिवले ५३ लाख, प्रहरी महानिरीक्षकले ३ लाख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले १ करोड ४० लाख खर्च गरेका छन् ।

सुरक्षा अवस्था देखाएर उनीहरूले सो रकम आफूअनुकूल खर्चंदै आएको बताइएको छ। मन्त्रिपरिषद्को ०५० साल जेठ १३ को निर्णयमा शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि गृहमन्त्रीले एक पटकमा ५० हजार, गृहसचिवले २० हजार र प्रहरी महानिरीक्षकले पनि आवश्यकताअनुसार खर्च गर्न पाउने व्यवस्था गरिएको थियो। त्यही निर्णयलाई टेकेर गत वर्ष सुराकीको नाममा २ करोड २८ लाख खर्च गरिएको थियो।

Comments

Top