बार्सिलोनाको अपराजित यात्रा कायमै, भ्यालेन्सिया पराजित

swaraajकाठमाडौं । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तरगत शनिबार राति भएको खेलमा बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । गएराती भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेसँगै उसको अपराजित यात्रा कामयमै भएको हो ।

ला लिगामा आफ्नो अपराजित यात्रालाई कीर्तिमानी ३९ खेलसम्म पु¥याउने क्रममा बार्सिलोनाले यो सिजनको उपाधि होड पनि झन् बलियो बनाएको छ । शनिबार रातिको खेलमा भ्यालेन्सियालाई हराउने क्रममा उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले पहिलो गोल गरे । उनले खेलको १५ औँ मिनेटमा कोटिन्होको पासमा खाता खोलेका थिए ।

त्यसैगरी अर्को गोल डिफेन्डर स्यामुएल युमिटिटीले खेलको ५१ औँ मिनेटमा गरे । योसँगै बार्सिलोनाले २–० को अग्रता लिन सफल भयो ।

पराजित भएको भ्यालेन्सियाका लागि डानियल पारेजोले खेलको ८७ औँ मिनेटमा पेनाल्टीबाट गोल गरे । यो जितसँगै बार्सिलोनाले ३२ खेलबाट ८२ अंक जोडेको छ । पराजित भएको भ्यालेन्सियाले पनि ३२ खेलबाट ६५ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा एट्लेटिको मड्रिड ६८ अंकसहित छ भने रियल मड्रिड ६४ अंकसहित चौथो स्थानमा झरेको छ ।

Comments

Top