सानिमाको होम बैंकिङ सेवामा यस्ता छन् विशेषता

sanimaकाठमाडौं । सानिमा बैंकले होम बैंकिङ सेवाको शुरुवात गरेको छ । बैंकले नयाँ वर्षको अवसरमा जेष्ठ नागकिलाई लक्षित गरेर ५८ बर्ष पुगेका नेपाली नागरिकहरुले उपभोग गर्न पाउने गरी यो सेवा सुरु गरेको जनाएको छ ।

यस अन्तरगत घरै बसेर बैंकिङ सेवा लिन चाहने जेष्ठ नागरिकहरुले सुविधाजनक तथा झन्झट रहित सेवा लिन सक्नेछन् । यो सेवा विद्युतिय उपकरण ट्याबको प्रयोगबाट सजिलो, सुरक्षित र भरपर्दो रुपमा सानिमा बैंकका कर्मचारी ग्राहकका घर दैलोमा नै पुगेर प्रदान गर्नेछन् ।

यो सुबिधाअन्तर्गत खाता खोल्ने ग्राहकलाई बचत र मुद्घतीमा उच्च ब्याजदरका साथै मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । जेष्ठ नागरिकका लागि यस प्रकारको प्रविधियुक्त नौलो सुबिधा सानिमा बैंकले पहिलो पटक ल्याएको हो । हाललाई यो सुविधा काठमाण्डौ तथा ललितपुर जिल्लामा मात्र उपलब्ध हुने बैंकले जनाएको छ ।

Comments

Top