एमाले माओवादी एकता असंभव !

prachanda-kp-oliकाठमाडौं । पटक–पटक सारेर बैशाख ९ गते पुर्याइएको एमाले र माओवादी केन्द्रबीचको एकता हुनेमा आशंका पैदा भएको छ । माओवादी नेताहरुले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता नभई आफूमा विलय गराउन खोजेको निश्कर्ष निकालेका छन् । तर, यस विषयमा छलफल गर्न माओवादी अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’ र ओलीबीच अहिले वार्ता चलिरहेको छ । माओवादी नेताहरुले भने पार्टी एकता नै गर्न चाहेको हो भने ओलीले बराबरीका आधारमा अघि बढ्नैपर्ने निश्कर्ष निकालेका छन् ।

पार्टी एकताको प्रयासका लागि उनीहरुबीच छलफल भएको बताइएको छ । तर, माओवादीले बराबरी खोजेपछि स्थानीय र प्रतिनिधिसभाको निर्वाचनबाट पहिले पार्टी बनेको एमालेले भने त्यसालाई स्वीकार गरेको छैन । त्यसैले पनि पार्टी एकता हुनेमा आशंका पैदा भएको छ ।

दाहाल आइतबार वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि आइतबार बिहान हुने भनिएको छलफल स्थगित भएको थियो। सोमबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेपछि उनीहरूबीच छलफल भएको हो ।

एमाले र माओवादीले कम्युनिष्ट पार्टीको स्थापना दिवस वैशाख ९ गतेलाई पार्टी एकताको मिति घोषणा गरिसकेका छन्। माओवादीले पार्टी एकताको लागि ५०ः५० अनुपातमा पार्टी एकता हुनु पर्ने बताउँदै आएको छ। यो प्रस्तावमा एमाले भने सकारात्मक छैन।

एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ लेख्न एमाले सकारात्मक नदेखिएपछि माओवादी नेतहरुले यसको विरोध गर्दै आएका छन्।

Comments

Top