अपराध महाशाखामा प्रमुखमा एसएसपी सिंह

ssp_dhirajकाठमाडौं । महानगरीय अपराध महाशाखाका प्रमुख दिवेस लोहनी ३३ किलो सुन काण्डमा विवादमा परेर हेडक्वार्टर तानिएपछि उनको स्थानमा एसएसपी धिरजप्रताप सिंहको सरुवा भएको छ। संघीय प्रहरी इकाई बाग्मतीमा कार्यरत सिंहको काज सरुवा भएको हो। सिंहसँग लामो समय काठमाडौं परिसरमा काम गरेको अनुभव छ ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धानमा चलखेल गरेको खुलेपछि महाशाखाका एसएसपी दिवेश लोहनीलाई हटाएपछि रिक्त रहेको महाशाखामा उनलाई सरुवा गरिएको हो।

Comments

Top