जागिर लम्ब्याउन पण्डितको यस्तो हर्कत, गैर कानुनी काममा गभर्नर नेपाल

chirinjibi and pandit

 काठमाडौं । गभर्नर चिरञ्जीवी नेपाल र उनका खास सहयोगी निर्देशक राजेन्द्र पण्डितको भित्री खेलका कारण नेपाल राष्ट्र बैंकभित्र तरंग मच्चिएको छ । पण्डितको हितलाई ध्यानमा राखेर कर्मचारीको तीस वर्षे सेवा अवधिको प्रावधान हटाएर उमेरको हद मात्र कायम राख्ने खेलमा गभर्नर नेपाल नै लागेका थिए ।

 तीस वर्षे सेवा अवधि कायम हुँदा पण्डित यसै वर्षभित्र सेवा निवृत्त हुने र सो प्रावधान खारेज हुँदा अझै करिब ६ वर्षभन्दा बढी सेवामा रहन पाउने थिए ।  

 नेपाल राष्ट्र बैंकका करिब एघार सय कर्मचारीमध्ये आठ सयभन्दा बढीले तीसवर्षे सेवा अवधि खारेज गर्ने निर्णयको विरोध गरेका थिए । राष्ट्र बैंकका सबै कर्मचारी युनियनहरू पनि गभर्नर नेपालको निर्णयविरुद्ध उभिएका थिए । सञ्चालक समितिबाट निर्णय गराएर गभर्नर नेपालले सहमतिका लागि लोकसेवा आयोगमा पत्र पठाए पनि आयोगले सहमति दिएन ।

  राष्ट्र बैंक सञ्चालक समितिको प्रस्तावमा सहमति जनाउँदा वित्तीय क्षेत्रमा अराजकता र तनाव पैदा हुन सक्ने पक्षलाई दृष्टिगत गरी आयोगले सहमति जनाएको थिएन । ३० बर्षे अवधि लागू नभएपछि राष्ट्र बैंकका १० प्रतिशत कर्मचारीहरु यसै वर्ष घर जाँदैछन् । तर, पण्डित भने अदालत गुहारेर जागिर लम्ब्याउने खेलमा लागेका छन् । २०४५ सालमा सहायक स्तरबाट जागिर सुरु गरेका उनले जेष्ठ ३ गते अवकाश पाउँदै छन् । पण्डित एक महिना अघि देखि नै विदामा बसिसकेका छन् ।  

 पण्डितले २०५४ सालमा अफिसरमा नाम निकालेका थिए । पण्डित अहिले गभर्नर नेपालसँग मिलेर सोहि अबधीलाई कायम राखी अदालतबाट स्टे अर्डर मार्फत जागिर थमौती गर्ने खेलमा लागेका छन् । पण्डितले बैशाख २ गते सर्वोच्च अदालतबाट स्टे अर्डर लिई जागिर थमौती गरेका हुन् ।

 तर, उनले राष्ट्र बैंकबाट पाउने सम्पूर्ण सेवा र सुविधाहरु भने २०४५ साललाई आधार मानेर लिइसकेका छन् । राष्ट्र बैंकको कर्मचारी विनयमावलीमा पनि शुरुको नियुक्ति मितिलाई नै सेवा अवधि गणना गरिने उल्लेख छ । जेठ ३ गतेसम्मलाई विदा लिएका पण्डित ४ गते भने स्टे अर्डर सहित राष्ट्र बैंकमा हाजिर हुन जाने योजनामा रहेको स्रोतले बतायो ।  यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ 

Comments

Top